लमजुङ, साउन ९ गते । लमजुङको सिम्पानी गाउँ विकास समिति वडा नम्बर ९ की एक दलित महिलालाई बलात्कार गर्न खोज्दा नमानेकै कारण घाँटी आँठ्याएपछि पीडाले मृत्यू भएको घटना आज शनिवार र्सार्वजनिक भएको छ ।सोही गाउँकी नारायणदत्त कुइँकेलले स्थानीय ३३ बषिर्या कुसुरी विश्वकर्मालाई बलात्कार गर्न खोज्दा नमानेपछि घाँटी आँठ्याएको र र्घाईते विश्वकर्माको उपचारका लागि काठमाडौँ लाने क्रममा वाटो मानै मृत्यू भएको दलित सेवा संघ लमजुङले आज पत्रकार सम्मेलन गरि र्सवाजनिक गरेका छन् । घटना गत असार १६ गते भएको र गाउँमै मिलाउने भन्दै पीडकका परिवारले आलटाल गरेर वेलैमा उपचार नपाउँदा विश्वकर्माको असार २३ गते मृत्यू भएको मृतकका दाज्यु तीर्थबहादुर विश्वकर्माले जानकारी दिनुभयो । दोषीमाथि कर्वाहीको माग गर्दा उजुरी दिएपनि स्थानीय प्रशासन र प्रहरीले चासो नदेखाएको लमजुङका दलित संघसंस्थाहरुको आरोप छ । बलत्कारीको आरोप लागेका कुइँकेल हाल फरार रहेका र खोजीकार्य भईरहेको प्रहरीले वताएको छ ।लमजुङका दलित संघसंस्थाहरुले प्रशासनले दोषीलाई पक्राउ नगरे र कुनै राजनीतिक दलले संरक्षण दिएमा कडा आन्दोलन गर्ने चेतावनी दिएकाछन् । पत्रकार सम्मेलनमा नेपाल उत्पीडित जातीय मुक्ति समाजका रबीन विश्वकर्माले दोषीलाई राजनीतिक संरक्षण दिएमा त्यसको परीणाम राम्रो नहुने चेतावनी दिए । नेपाल दलित संघका गोपाल खातीले दोषीलाई राजनीतिक संरक्षण दिएमा पीडितले न्याय नपाउने वताए । दलित मुक्ति मोर्चाकी विष्णु विश्वकर्माले पीडितलाई न्याय र पीडालाई कार्वाहीको कठघरामा ल्याउनका लागि राजनीतिक दल बाधक हुन नहुने वताए ।पत्रकार सम्मेलनमा उपस्थित मृतकका छोरा प्रकाश विश्वकर्माले घटनालाई आफ्नै आँखाले देखेको वताए । घटनालाई गाउँमै मिलाउने र बाहिरा हल्ला नगर्ने भन्दै दोषीका भाइ र छोराले छेकेपछि पीडित परिवारले कसैलाई नभनेको र कानुनी प्रक्रिया नचालेको वताए । घटनालाई गाउँमै मिलाउने भन्दै कचरी बोलाउने दिनमा दोषी नारायणदत्त कुइँकेल फरार रहेका र वहिनीको पनि मृत्यू भएकाले घटनालाई र्सार्वजननि गर्नुका साथै कानुनी प्रक्रियामा लान बाध्य भएको मृतकका दाज्युले वताए । उनका अनुसार पीडित परिवारलालाई समयसमयमा पीडकका परिवार एवं नारायणदत्ताका छोराले धम्की दिईरहेकाछन् । घटनालाई प्रत्यक्ष देखेपछि भागेका कुइँकेलले लगाएर गएको मृतकका छोराको चप्पल अहिले जिल्ला प्रहरी कार्यालयमा रहेको परिवार साथै प्रहरीले वताएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्