Wednesday, July 1, 2009

प्रविणता प्रमाणपत्र तह खारेजमा विद्यार्थी संगठनको आ

तेह्र विद्यार्थी संगठनको संयुक्त बैठकले प्रविणता प्रमाणपत्र तह खारेज गर्ने सरकारको निर्णयको विरोध गरेका छन् । आज बिहान बसेको अनेरास्ववियु,नेबिसंघ, अखिल क्रान्तिकारीलगायत १३ विद्यार्थी संगठनको बैठकले प्रविणता प्रमाण पत्र तह खारेज गर्न नहुने र यदि निर्णय फिर्ता नभएमा आन्दोलन गर्ने चेतावनी दिएको छ । बैठकले प्रविणता पत्र तहलाई वैज्ञानिक किसिमले संचालन गर्न सरकारलाई सुझाव दिने निर्णय समेत गरेको छ । गरीब तथा असहय विद्यार्थीको बैकल्पिक ब्यबस्था नगरि सरकार तथा त्रिभुवन विश्वा बिद्याललाई प्रबिणता प्रमाण पत्र तह खारेज गर्न नहुने कुरा बताएका छन । १३ विद्यार्थी संगठनले सरकारको निर्णय फिर्ता लिन र नया भर्ना फाराम खुलाउन माग गर्दै कुलपति, उपकुपतिलाई ज्ञापन पत्र समेत् बुझाउने भएका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्