काठमाडौं, असार १७, प्रधानमन्त्री माधवकुमार नेपालले बढ्दो प्रतिस्पर्धासंगै गुणस्तरीय शिक्षा दिन सक्नु त्रिविको मुख्य चुनौति रहेको बताउनु भएको छ । उक्त्त कुरा त्रिभुवन विश्वविद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री नेपालले व्यवहारिक, व्यवसायीक र राष्ट्रप्रेम जगाउने खालका शिक्षाको खाँचो रहेकाले त्रिविले त्यस्तो शिक्षामा जोड दिनुपर्ने बताउनु भएको हो । कार्यक्रममा शिक्षामन्त्री एंव सह कुलपति रामचन्द्र कुशवाहाले त्रिविले शिक्षा समयानुकुल परिमार्जित र सुलभ बनाउदैं लानुपर्ने सुझाव दिए । त्रिविका उपकुलपति डा.माधवप्रसाद शर्माले विश्वविद्यालय ज्ञान,विवेक र स्वतन्त्रताको प्रतिक भएकाले सहमति सम्वादबाट त्रिविका समस्या समाधान गनुपर्ने उल्लेख गरे ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्