Wednesday, July 29, 2009

आज खीर खाने दिन

१५ साउन, काठमाडौं । आज साउनको १५ गते खीर खाने दिन । नेपालीहरुले घरघरमा आफन्तहरुको साथमा खीर खाएर आज रमाईलो गर्दछन् । साउन महिनामा अबिरल वर्षा हुनेहुँदा चिसो नलागोस् भनेर तात्तातो खीर खाने गरीन्छ । वर्षायामको अन्त्य र हिउँदसँगै सुरु हुने चाडबाडको सम्झनामा आज खीर खाएर रमाइलो गर्ने चलन रहेको पनि बताइन्छ । आजबाटै गाउँघरमा तीजको नाचगान पनि सुरु हुने गर्दछ । नेपाली संस्कृति अनुसार प्रत्येक महिनाको १५ गते मिठो परिकार खाने प्रचलन छ । तर असार, साउन र मंसीर महिनाको १५ गते परिकार खाने चलन मात्र हाल अस्तित्वमा छन् । असारमा दहि-चिउरा, साउनमा खीर र मंसीरमा न्वाङ्गी खाने चलन छ ।

1 comment:

  1. Oh! Kalpana ji,
    यो तपाईको सानो mistake हो But सानो mistake ले नै Big रूप लिन सक्छ त्यसैले के लेखने र कति सम्म लेखने भन्ने सोचेर लेखनु आफ्नु Subject को पनि राम्रो ख्याल गर्नु है
    यो समाचार सम्प्रेसन को बिधा भन्दा बाहिर भय जस्तो लाग्यो

    ReplyDelete

आफ्नो प्रतिक्रिया दिनुहोस्