२८ असार, काठमाडौं । बिहिबार सदनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रम छलफलपछि आज पारित हुँदैछ । छलफलका लागि हिंजो र आज गरी बीस घण्टा समय तोकिए पनि आज एक दिनमात्र नीति तथा कार्यक्रममा छलफल हुन लागेको हो । सभासदहरुले नीति तथा कार्यक्रममा टिप्पणी गरेपछि प्रधानमन्त्री माधबकुमार नेपालले सभासदहरुको जवाफ दिनु हुदै छ । प्रधानमन्त्री नेपालको जवाफपछि नीति तथा कार्यक्रम आजै पारित हुने संसद सचिबालयले जनाएको छ । माओवादीले भने नीति तथा कार्यक्रमप्रति आफ्नो धारणा स्पष्ट पारेपछि सदन बहिस्कार गर्ने जनाएको छ । यसअघि मधेसी जनअधिकार फोरमको संसदीय दलको कार्यालय विवादका कारण शनिबारदेखि सुरु हुने भनिएको छलफल स्थगित गरिएको थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्