२० साउन, भैरहवा । लगातारको भारी वर्षासँगै आएको बाढीले नबलपरासीको धकुई गाबिसका आधा दर्जन गाउँहरु डुवानमा परेका छन् । सदरमुकाम परासीबाट झण्डै ६ किलोमिटर पश्चिममा पर्ने धकुई गाबिसमा तुरिया खोलामा आएको बाढीले तनहवा, लालपाटी, वकेनवा, धिनकुवा लगायतका गाउँहरु डुवानमा परेका नबलपरासीबाट पत्रकार नविन पौडेलले जनाएका छन् । घरहरु डुबानमा परेपछि सर्बसाधाररण सडक किनारमा खुला अकाशमुनि बस्न बाध्य भएका छन् । गयरातीको भारी वर्षाले भैरहवा-परासी हुलाकी मार्ग पनि डुबानमा परेको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्