Tuesday, August 11, 2009

बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये चारको सनाखत

२८ साउन, उदयपुर । सिद्धिचरण राजमार्ग अन्तर्गत उदयपुरको कटारी-घर्मी सडकखण्डमा हिंजो अपरान्ह भएको यात्रुबस दुर्घटनामा मृत्यु भएका नौं जनामध्ये चार जनाको सनाखत भएको छ । सनाखत हुनेमा कटारी बस्दै आएका भारतीय नागरिक विनोद चौधरी, कटारी ४ की सीता साह, सल्लेरी ५ का कामीसिंह तामाङ र ६ बर्षे बालक रहेका छन् ओखलढुङ्गाको सीमाबर्ती घुर्मीबजारबाट करिब ६० जना यात्रु लिएर कटारी जाँदै आउँदै गरेको बा १ ख ७४६१ नम्बरको बस सिरीसे गाविस ६ को कुरेनी भन्ज्याङमा बाटोबाट करिब ३ सय मिटर तल खोंचमा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएकाहरुको जनकपुर, धरान र लहानमा उपचार भइरहेको छ । घाईतेहरुमध्ये नौं जनाको अबस्था गम्भीर छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्