Saturday, August 29, 2009

उपराष्ट्रपति झाले अपरान्ह चार बजे पुनः सपथ लिने

१४ भदौ, काठमाडौं । उपराष्ट्रपति परमानन्द झाले अपरान्ह चार बजे नेपाली भाषामा पुनः सपथ लिनुहुने भएको छ । सरकारको औपचारिक आग्रह गरेपछि उपराष्ट्रपति झा पुनः सपथ लिन तयार रहनुभएको हो ।आज विहान बसेको मन्त्रिपरिषद बैठकले उपराष्ट्रपति झालाई सर्बोच्च अदालतको फैसलालाई सम्मान गर्दै पुनः सपथ लिन औपचारिक आग्रह गरेको बैठक पछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शंकर पोख्रेलले जानकारी दिनुभयो । सनिबार प्रधानमन्त्री माधबकुमार नेपालसँगको भेटमा उपराष्ट्रपति झाले सरकारले सपथ लिन औपचारिक आग्रह गरे पुनः सपथ लिन तयार रहेको जवाफ दिनुभएको थियो । र्बोच्च अदालतले उपराष्ट्रपति झाले आजसम्म सपथ नलिए मध्यरातदेखि उहाँको पद क्रियाशील नहुने एक साता अघि नै फैसला गरिसकेको थियो । यसैबीच उपराष्ट्रपति झाले आज दिउँसो पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्बजनिक गर्दै हुनुहुन्छ । यसो त उहाले यस भन्दा पहिला पनी जनताको भावानालाई आफुले कदर गर्न कुरा बताउनु भएको थियो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्