Monday, August 31, 2009

वैदेशीक रोजगार व्यवसायीहरुले आजको दिनलाइ कालो दिवसको रुपमा मनाउदै

आज भदौ १६ गते आजको दिन बैदेशिक रोजगारको क्षेत्रमा कालो दिनको रुपमा मनाइदैछ । २०६१ साल भदौ १६ गतेका दिन इराकमा रोजगारीका लागि गएका १२ जना नेपालीको त्यहाँको अतिवादि समुहले हत्या गरेको थियो । घटनाको विरोधमा सर्वसाधरण नेपाली काठमाण्डौं लगायत देशका विभिन्न शहरहरुमा रहेका २ सय २५ मेनपावरमा तोडफोड गरी २ अर्व भन्दा बढि क्षेति पुर्‍याएका थिए । यसकै विरोधमा आज वैदेशीक रोजगार व्यवसायीहरुले विभिन्न कार्यक्रम गरी दिनको रुपमा मनाउदै छन् । सरकारले उक्त घटनाको छानविनका लागि तत्कालिन न्यायधिश तोपबहादुरसिंहको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्