बसन्ती याममा हेर्नु बसन्ती झारमा हुन्छु म
तिम्रै ढुकढुकी भित्रै हुने झन्कारमा हुन्छ ।
कतै आँधी हुरी आई तिमीलाई सतायेमा
मलाई सम्झिनु झट्टै म त्यै जंघारमा हुन्छु
सबै हाँस्छन् सबै बोल्छन् सधैँ तिम्रै जितैमा
म तिम्रो दुःखमा दुख्दै म तिम्रै हारमा हुन्छु ।
कतै हेर्दा नदेखेमा नजानू खोज्न टाढा है
तिमीले नै रचाएको म त्यै संसारमा हुन्छु ।
सुरज खड़का
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्