Sunday, August 30, 2009

नेपालमा बलात्कारका सिकार हुनेमा ६४ प्रतिशत १६ वर्षमुनिका बालबालिका भएको सिविन नेपालको रिपोर्ट

सिविन नेपालद्वारा तयार पारिएको "नेपालमा बालअधिकारको स्थिति" नामक प्रतिवेदनमा यौनशोषणका घटनामध्ये बलात्कारका सिकार हुनेमा ६४ प्रतिशत १६ वर्षमुनिका बालबालिका भएकोनतिजा सर्बजनिक भएको छ। गत वर्ष छ महिनाको अवधिमा ती घटना भएका थिए । धेरैजसो बालबालिका आफ्नो नाता पर्नेबाट समेत बलात्कारको सिकार हुन बाध्य भएका छन् । प्रतिवेदनले झन्डै नौ प्रतिशत भने हाडनाता करणीको सिकार भएको जनाएको छ । यो वर्षमा पनि बालबालिका बलात्कारको सिकार हुने क्रममा कमी आउन सकेको छैन् । यसबारे सिविनले यो वर्षको प्रथम अर्धवाषिर्क प्रतिवेदन तयार गर्न लागेको बताइएको छ ।
प्रतिवेदनले गत वर्षको छ महिनाको अवधिमा मानव ओसारपसारसम्बन्धी दर्ता भएका १२१ वटा घटनामध्ये २८ प्रतिशतमा १६ वर्षमुनिका बालबालिका पीडित रहेको पाइएको छ ।यस वर्षको छ महिनामा बालश्रम शोषण, बालमृत्यु, हराएका बालबालिका, बालदुर्व्यवहार, बालदुराचार, बालयौन शोषण र दुराचार, बालबालिकाको ओसारपसार, जबरजस्ती देहव्यापार, द्वन्द्वमा परेका बालबालिका र बालबिज्याईँलगायत जम्मा तीन हजार ५८४ वटा बालअधिकार उल्लङ्घनका घटना दर्ता गरिएको सिविनले जनाएको छ । यस्तो स्थितिमा रहेको हाम्रो देशको बालिकालाई सुरछित बनाउन के गर्नु पर्ला त ? सबैले सोच्ने बेला आएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्