Sunday, August 30, 2009

पशुपतिमाँ फेरी बिबाद

पशुपतिनाथको मन्दिरमा भारतिय पुजारी राख्ने षड्यन्त्र भएको भन्दै यसको विरुद्धमा गठित संघर्ष समितीले आज पशुपतिनाथ क्षेत्र बिकास कोषको कार्यालयमा तालाबन्दी गरेको छ । संर्घष समितीका सदस्यहरुले कोषको कार्यालय गौशालामा तालाबन्दी गरेको अध्यक्ष ऋषि प्रसाद शर्माले बताउनु भयो । उहाले आफुहरुको एक सुत्रिय माग भारतीय पुजारी नियुक्त गर्ने षड्यन्त्र फिर्ता लिनुपर्ने तथा माग पुरा नभए आफुहरु क्डा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । संर्घष समितीले परम्परा धान्ने नाममा भारतीय भट्टलाई मुल पजारी नियुक्त गर्न लागेको आरोप लगाएर आन्दोलन शुरु गरेको हो । कोषको कार्यालयमा तालाबन्दी भएपछि भगवान पशुपतीनाथको मन्दिरमा हुने दैनिक कामकाज प्रभावित भएको छ । उनिहरुले पशुपति नाथको मन्दिरमा नेपाली पुजारी राख्नु पर्ने माग राखेका छन् ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्