Saturday, August 29, 2009

भारतीय प्रहरीले नेपाली समात्यो

१४ भदौ, बाँके । भारतीय नक्कली रुपैयाँ कारोबारमा संलग्न भएको आरोपमा नेपालगञ्ज बागेश्वरी टोलका बिक्की मनिहारलाई भारतीय प्रहरी थाना रुपैडिहाले पक्राउ गरेको छ । पक्राउ परेका मनिहारलाई जिल्ला कारागार बहराईच पठाईएको एसपी लालजी शुक्लले बताउनु भयो । नेपालबाट भारत जानेक्रममा मनिहारलाई नेपालभारत सीमानाको रुपैडिहाबाट प्रहरीले पक्रेको थियो । करोडौंको भारतीय नक्कली रुपैयाँको कारोबारमा मनिहार संलग्न रहेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको भारतीय प्रहरीले दाबी गरेको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्