Tuesday, August 11, 2009

२ घण्टामा ४२ चुरोट खाने सजाय

हामीहरुले बरु चुरोट खाएको कारण सजाय पाएको धेरै पटक सुन्दै आएका छौ तर सजायको रुपमा चुरोट खान दिएको कुरा सुन्नमा कमै आउने गर्दछ। मलेसियामा एक जना छात्रलाई २ घण्टामा ४२ वटा चुरोट खाने सजाय दिईएको छ। उसलाई यस्तो सजाय दिईनुको कारण थियो, स्कुलमा उस सँग चुरोट र लाईटर भेटिनु। १६ वर्षिय त्यस छात्र लाई सजायको लागी यसरी सबैको आगाडी एकै पटकमा ४ वटा चुरोट खान समेत बाध्य पारीएको थियो।Mohd Alif Arifin, नामको त्यस छात्रले त्यसरी चुरोट खानु परे पछी एक हप्ता सम्म राम्ररी खाना खान समेत नसक्ने भएको थियो।त्यस छात्रकि अन्टीले सञ्चार मध्यमहरुलाई जनाए अनुसार त्यसरी जबर्जस्ती उसलाई चुरोट खान लगाउँदा उसका ओठ सुन्निएका थिए। त्यसको लागी स्कुल त्यो छात्रको अंकल सँग माफी मागीसकेको जनाईएको छ जसले उसको हेरचाह गर्ने गर्दै आएका थिए।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्