नवलपरासीको प्रगतिनगरमा गयराती बस दुर्घटना हुदा १६ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको उपचार चितवनको मेडिकल कलेज र भरतपुर अस्पतालमा भइरहेको छ । भैरहवाबाट काठमाण्डौं आइरहेको लो १ प ४९२१ नम्बरको बस अचानक सडकमा पल्टिएर दुर्घटना भएको थियो । बस तिव्र गतिमा भएकाले पल्टिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्