Thursday, September 3, 2009

एमाले स्थायी समितिको बैठक सुरु,एमालेको अनुशासन आयोगको बैठक पनि बस्दै

एमाले स्थायी समितिको बैठक सुरु भएको छ । पार्टि कार्यलय बल्खुमा सुरु बैठकमा पार्टिमा पछिल्लो समयमा देखिएको विवाद, पार्टिको आन्तरिक सुद्रिढिकरण लगायतका विषयमा छलफल हुने बताइएको छ । सरकारको नेत्रित्व गरेको हैसियतले सरकारको सय दिनको समिक्षा पनि बैठकमा गरिने उपाध्यक्ष अशोक राइले जानकारी दिनुभयो । आन्तरिक सुध्रिढिकरणको लागि खुल्ला र गोप्य रुपमा क्षेत्रिय भेला गर्ने तयारी पनि एमालेले गरिरहेको र त्यसै विषयमा आजको बैठकमा छलफल हुने बुझिएको छ । बैठकमा विधान संशोधन र नेता केपी शर्मा ओलीले पेश गर्नुभएको प्रस्तावको विषयमा पनि छलफल हुनेछ । महाधिवेशनले पारित गरेका प्रावधान विपरीतका विधानमा थपिएको भन्दै नेता ओली संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । बैठकमा प्रधानमन्त्रि माधवकुमार नेपालको पनि सहभागिता रहने एमालेले जनाएको छ । यस्तै आजै एमालेको अनुशासन आयोगको बैठक बस्ने भएको छ । पार्टिका केहि नेताहरुविच केहि अन्तर्विरोधहरु देखिएकाले तिनै विषयमा छलफल गर्न बैठक बस्न लागेको आयोगका अध्यक्ष अमृत कुमार बोहोराले जानकारी दिनुभयो । यसमाँ ताइपाइको प्रतिक्रया भए लेख्नुस ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्