Saturday, September 12, 2009

सहमतिको खोजी भइरहेको प्रकासको खुलासा

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले नागरिक सर्वोच्चता भन्दा पनि नयाँ संविधान निर्माण महत्वपूर्ण भएकाले यसबारे कांग्रेस र एमालेसंग छलफल भइरहेको बताएका छन ।ऐतिहासिक सहमतिको आवश्यकता भएको भन्दै उनले नयाँ सहमतिका लागि अहिले नागरिक सर्वोच्चताभन्दा पनि नयाँ संविधान निर्माण महत्वपूर्ण भएकाले सहमतिको वातावरण मिलाउन प्रयास थालिएको बताए ।शनिबार बिहान खोटाङका कर्मचारीहरुसंगको भेटघाट कार्यक्रममा उनले १२ बुँदे सहमतिले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना गरेको भन्दै यस उपलब्धीले जनतालाई पूर्णपरिवर्तनको अनुभुति दिलाउन कर्मचारीलाई निर्देशन दिए ।उनले राष्ट्रलाई असफल राष्ट्र हुनबाट बचाउन आग्रहसमेत गरे ।उनले जिल्लाको खाद्यन्न र वाणिज्य बैंकमा सकिएको जगेडा कोषका बारेमा तत्काल पहल बढाउने र अन्य समस्याहरुलाई नीतिगत समाधानका लागि आफूले पहल गर्ने बताए ।
दैनिकी.कम

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्