Saturday, September 12, 2009

सरकार ढाल्ने सपना नदेखः प्रम नेपाल

प्रकाश अर्याल, काठमाडौ, प्रधानमन्त्री माधवकुमार नेपालले सरकार ढाल्ने सपना नदेख्न माओवादीलाई आग्रह गरेका छन । राजधानीको मोर्डन कन्या मल्टीपल कलेजको वार्षिकोत्सव कार्यक्रममा यही सरकारले नै शान्तिप्रकृयालाई तार्किक निष्कर्षमा पुर्र्याएर नयाँ सविधान निर्माण गर्ने भन्दै उनले सरकार ढाल्ने सपना नदेख्न आग्रह गरेका हुन । अधिकांस समय माओवादीको आलोचना गर्न खर्चिएका प्रम नेपालले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड"को पछिल्लो अभिव्यक्ति असभ्यताको पराकाष्ठा भएको टिप्पणी गरे । उनले असभ्य सोच भएका कारण माओवादी अध्यक्ष दाहालबाट त्यस्तो अभिव्यक्ति आएको उनको भनाई थियो । आक्रोशित मुद्रामा देखिएका प्रधानमन्त्री नेपालले माओवादीलाई रक्त पिपासुको संज्ञा दिँदै "उनीलाई सुसंस्कृत र सभ्य बनाउन सबैले प्रयास गर्नुपर्छ । रत्नकर डाकु त बाल्मिकी भए भने रक्त पिपासु पनि बुद्ध बन्न सक्छन्" भने ।उनले माओवादीले आन्दोलनको बहानामा सत्ता छाड्नुको पीडा पोखिरहेको भन्दै माओवादीले २४ सै घण्टा कांग्रेश र एमालेका नेताहरुलाई आरोप प्रत्यारोप गरेर समय खेर फाल्नु भन्दा राजनीतिक सहमतिमा आएर संविधान निर्माणमा जुट्न आग्रह गरे ।एमालेको तत्कालीन नौ महिनाको शासनकालमा अविश्वासको प्रस्ताब ल्याएर सरकारबाट हटाउद त आफ्नो पार्टीलाई कुनै पीडाबोध नभएको स्मरण गर्दै आफै राजीनामा दिएर सरकारबाट हट्दा पनि पीडाबोध भइरहनु सत्तालिप्सा मात्र भएको उनको टिप्पणी थियो ।माओवादीमा सैन्य सोच हावी रहेको भन्दै उनीहरुको विचार र व्यवहारमा रुपान्तरण आवश्य रहेको प्रधानमन्त्री नेपालको भनाई थियो ।उनले माओवादीले सैन्य मानसिकता त्यागेर सेना समायोजनमा सहयोग गर्न आग्रह गरे ।कार्यक्रममा कांग्रेस महामन्त्री विमलेन्द्र निधिले कांगेसले सरकार ढाल्ने हल्ला निराधार भएको बताए

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्