दिपेन्द्र थापा काठमाडौ, राष्ट्रपति डा रामबरण यादव पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन आज विहान पोखरा जानु भएको छ । सामुदायिक वनको अन्तराष्ट्रिय सम्मेलन उद्घाटन गर्न डा. यादव नेपाली सेनाको बिशेष हेलिकोप्टरबाट त्यसतर्फ जानु भएको हो । नेपालमा पहिलो पटक आयोजित सो सम्मेलनमा एसीया र युरोपका ३० देशका वन सम्बन्धि विज्ञहरुको सहभागीता छ । सम्मेलनमा मुख्यतः विश्वमा बढ्दै गएको तापक्रम र जलवायु परिवर्तनका बिषयमा छलफल हुने वन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सम्मेलनले जारी गर्ने पोखरा घोषणापत्रलाई अर्जेन्टिनामा आयोजना हुने वन सम्बन्धि विश्व सम्मेलनमा पेश गरिने छ ।
सेनापति प्रकरणमा राष्ट्रिपतिले चालेको कदम सच्चिनुपर्ने माग गर्दै आन्दोलनरत एकीकृत नेकपा माओवादीले सम्भावित प्रदर्शन गर्नसक्ने भन्दै पोखराको सुरक्षाव्यवस्था कडा पारिएको छ ।
सेनापति प्रकरणमा राष्ट्रिपतिले चालेको कदम सच्चिनुपर्ने माग गर्दै आन्दोलनरत एकीकृत नेकपा माओवादीले सम्भावित प्रदर्शन गर्नसक्ने भन्दै पोखराको सुरक्षाव्यवस्था कडा पारिएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्