Monday, September 14, 2009

कोरियामा नेपाली मेला

दक्षिण कोरियाको इन्छन सहरमा चलिरहेको ग्लोबल फेयर एन्ड फेस्टिबल २००९ नामक सिटी एक्स्पोमा नेपालको प्याभिलिएन निकै आकर्षणको केन्द्र बनेको छ । दक्षिण कोरियाको गैरआवासीय नेपाली मिलेर बनाएको नेपालीयाना नामक एक कम्पनीले नेपालका चार प्रमुख सहर काठमाडौँ, पोखरा, ललितपुर र भक्तपुरको प्रतिनिधित्व गर्दै उक्त सिटी एक्स्पोमा बनाएको नेपाल प्याभिलियन सो एक्स्पोको आकर्षणको केन्द्र बन्न सफल भएको हो । साउन २३ देखि चलेको मेला दुई महिना २० दिन चल्नेछ । आगामी असोज ४ गतेका दिन ‘नेपाल डे’ भव्यताका साथ मनाउने तयारी भइरहेको छ भने हरेक दिन दिनको दुई पटक प्रदर्शन हुने नेपाली गीत र नृत्य पनि दर्शकले निकै रुचाएकोले नेपाल प्याभिलियनको आकर्षण अझ बढेको हो । उक्त एक्स्पोमा नेपालको तर्फबाट भक्तपुरको माटाका भाडा बनाउने कलाको प्रदर्शन, हस्तकलाका गणेश तथा बुद्धका मूर्ति प्रदर्शन गरिनुका साथै नेपाल पर्यटन वर्ष २०११ मा कोरियाली पर्यटक आकर्षित गर्ने विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन भइरहेको बताइएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्