नेपाली सेनामा नयाँ नेत्रित्व आए लगत्तै आज सेनाका उच्च अधिकारीहरुको भेला राजधानीमा हुदैछ । सैनिक मुख्यालय भद्रकालीमा विहाना९ बजेपछि सुरु हुने भेलामा उपत्यकाका तथा देशभरका पृतनाहरुको गतिविधिका बारेमा छलफल हुने जनाइएको छ । भेलाले मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिको बारेमा भेलाले मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतिको बारेमा छलफल गरी सेनाको भावी रणनीति तय गर्ने जनाइएको छ । भेलामा सहभागी हुन सबै ६ वटै क्षेत्रका पृतनाका पृतनापतिहरु राजधानी आइपुगेको सैनिक प्रवक्ता रविन्द्र क्षेत्रीले जानकारी दिनुभयो । यस्तै उपत्यका पृतना तथा मुख्यालयका रथी तहका अधिकारीहरु बैठकमा सहभागी हुनेछन् । प्रवक्ता क्षेत्रीका अनुसार बैठकमा पृतनापतिहरुले आफ्नो क्षेत्रको वस्तुस्थीति,सुरक्षा फौजको अवस्था,तालीम तथा आवासको अवस्था लगायतका विषयमा जानकारी गराउनेछन् । नवनियुक्त प्रधानसेनापति छत्रामानसिंह गुरुङले भेला बोलाउनुभएको हो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्