Saturday, September 19, 2009

राष्ट्रसङ्घीय महासभामा आज प्रधानमन्त्री न्युयोर्क जाने

दिपेन्द्र थापा काठमाडौ , संयुक्त राष्ट्रसङ्घको ६४औँ महासभामा भाग लिन प्रधानमन्त्री माधवकुमार नेपाल आज राति न्युयोर्क जाँदै हुनुहुन्छ ।प्रधानमन्त्री २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी आज साँझ ८बजे न्युयोर्कतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री नेपालले राष्ट्रसङ्घको बडापत्र र सिद्धान्तप्रति विगत वर्षहरुमा जस्तै राजनीतिक प्रतिबद्धता पुनर्पुष्टि गर्नुका साथै नेपाललगायत विकासशील राष्ट्रहरुले आर्थिक-सामाजिक रुपान्तरणमा भोग्नु परेका समस्या र चुनौतीहरुप्रति विश्वसमुदायको ध्यानाकर्षण गराउने कार्यक्रम छ ।संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा त्यहाँ रहँदा प्रधानमन्त्री नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा तथा अन्य विश्वका नेताहरुसँग भेटवार्ता गर्नुका साथै आगामी असोज १० गते महासभालाई सम्बोधन गर्नुहुनेछ ।
राष्ट्रसङ्घको ६४औँ महासभा विश्व संस्थाको प्रधान कार्यालय न्युयोर्कमा गत सेप्टेम्बर १५ मा सुरु भएको थियो । तीन महिनासम्म साचालन हुने महासभामा संयुक्त राष्ट्रसङ्घका १९२ सदस्यराष्ट्रले राष्ट्रसङ्घको सुदृढीकरणदेखि विश्वका समसामयिक समस्याहरुको समाधान गर्न विश्वसमुदायको ध्यानाकर्षण गराउनेछन् ।दक्षिण एसियाली मुलुक नेपाल सन् १९९५ को डिसेम्बर १४ मा राष्ट्रसङ्घको सदस्य बनेको थियो । त्यस वर्ष सन् १९४५ मा राष्ट्रसङ्घका ५१ संस्थागत सदस्यपछि सबैभन्दा बढी १६ राष्ट्र- अल्बेनिया अस्ट्रिया बुल्गेरिया कम्बोडिया सिलोन फिनल्यान्ड हङ्गेरी आयरल्यान्ड इटाली जोर्डन लाओस लिबिया नेपाल पोर्चुगल रुमानिया तथा स्पेनलाई राष्ट्रसङ्घको सदस्यता प्राप्त भएको थियो ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्