प्रकाश अर्याल, काठमाडौ, माओवादी मूलधार छोडेर नयाँ पार्टी खोलेका मातृका यादव समूहले भारतको झारखण्डबाट ल्याउँदै गरेको दुई ट्रक हतियार भारतीय प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । गत जुलाई २३ मा बिहारबाट नेपाल भित्र्याउन लाग्दा वेगुलसराय प्रहरीले दुई ट्रक नियन्त्रणमा लिएको स्रोतले जनायो । स्रोतअनुसार तराईमा क्रियाशील अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोइतसँग मिलेर यादवले हतियार ल्याउन लागेका हुन् । हतियारका लागि यादव र गोइतले १२/१२ लाख गरी जम्मा २४ लाख भारतीय रुपैयाँ संयुक्त रूपमा खर्च गरेको यादवनिकट स्रोतको दाबी छ । यादवले भने हतियार बरामद भएको हल्लामात्र भएको दाबी गरेका छन ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्