एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड राजनीतिक गतिरोध अन्त्यको उपाय खोज्न सक्रिय हुनुभएको छ । आइतबार शाहीकालीन मुख्यसचिव लोकमानसिंह कार्कीको निवासमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासँग भेट्नुभएका प्रचण्डले सोमबार बिहान प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्नुभयो । कोटेश्वरस्थित एक निजी निवासमा माओवादी नेतृ हिसिला यमीसहित पुग्नुभएका प्रचण्ड र प्रधानमन्त्री नेपालबीच झण्डै एक घण्टा कुराकानी भयो । प्रचण्डसँगको भेट सकारात्मक भएको प्रधानमन्त्री नेपालले बताउनुभयो । ‘अवरुद्ध संसद सुचारु गर्ने बिषयमा कांग्रेस र एमालेले प्रस्ताव गरेको मस्यौदामा सहमतिको बिन्दु खोज्न थप पहल गरिनेछ,’ प्रधानमन्त्रीले भन्नुभयो । उहाँले भेटमा प्रचण्डले सवै दललाई मान्य हुने सहमति खोज्न सुझाव दिएको जानकारी दिनुभयो । भेटमा गतिरोध अन्त्यको उपायसहित आगामी सरकारको नेतृत्वबारे पनि छलफल भएको बुझिएको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्