Thursday, September 24, 2009

प्रधानमन्त्री नेपालले कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्ने

प्रधानमन्त्री माधवकुमार नेपालले आज अमेरिकाको प्रसिद्ध कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्दै हुनुहुन्छ । कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्ने उहाँ पहिलो नेपाली राजनेता हुनुहुनेछ ।
विश्वविद्यालयका सभापति डा. लि सि वोलिङ्गरले आयोजना गरेको सो कार्यक्रममा प्रधानमन्त्री नेपालले नेपालको वर्तमान अवस्था, शान्ति प्रक्रिया, विश्व शान्ति, अहिलेका चुनौतीलगायतका विषयमा प्रकाश पार्नुहुनेछ । उहाँले शान्ति स्थापना, संविधान लेखन, विकास निर्माणजस्ता मुख्य सवालमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिनुभयो । नेपालमा आर्थिक विकासका सम्भावना, विदेशी लगानीलगायतका विषयमा पनि प्रधानमन्त्री नेपालले प्रकाश पार्नुहुनेछ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्