एकिक्रित नेकपा माओवादिका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज भित्रै दलहरुसंग सहमति बनाइ आफुहरुको नेत्रित्वमा सरकार बन्ने दाबी गर्नु भएको छ । रोल्पा जाने क्रममा हिजो साँझ कपिलवस्तु पुग्नुभएका प्रचण्डले आफ्ना कार्यकर्ताहरुसंगको भेटमा यस्तो बताउनुभएको हो । कपिलवस्तुको गोरुसिङ्घेमा अवधराज्यसमितिले गरेको भेटघाट कार्यक्रममा अध्यक्ष प्रचण्डले दलहरुसंगको सहमतिका लागि आफुहरु लचिलो हुन पनि तयार रहेको बताउनुभयो । सहमति पछि मात्रै शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रिया अघि बढ्न सक्ने भएकाले सहमतिका लागि दलहरुसंग सहकार्य गर्न माओवादि लचिलो भएको उहाँले स्पष्ट पार्नुभयो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्