Wednesday, October 7, 2009

बलात्कारी प्रहरी निलम्बित

आफ्नै सहकर्मी महिलालाई सामूहिक बलात्कार गरेको आरोप लागेका जिल्ला प्रहरी कार्यालय अछामका ६ जना प्रहरी निलम्बनमा परेका छन् । असइ दानबहादुर भण्डारी, हवल्दार विरादत्त बडु, विरेन्द्र बम, करबीर थलारा तथा सिपाही नरिभान महतारा र जगदिश पाण्डेलाई छानविनका क्रममा बुधबार निलम्बन गरिएको हो ।
उनीहरुले दसैंको नवमीका दिन सहकर्मी महिला प्रहरीलाई सामूहिक बलात्कार गरेको आरोप छ । सुदूरपश्चिम प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा गठित समितिलाई छानविन गर्न सहयोग पुर्‍याउने उद्देश्यले उनीहरुलाई निलम्बन गरिएको प्रहरी स्रोतले बताएको छ । निलम्बनमा परेका प्रहरी दोषी देखिए कारबाही गरिने र निर्दोष भए निलम्बन फुकुवा हुने प्रहरीले जनाएको छ । हाल सुदूरपश्चिम प्रहरीप्रमुख पार्वती थापा र सेती अञ्चल प्रहरी प्रमुख ढकबहादुर कार्की घटनाबारे बुझ्न अछाममै छन् .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्