नेपाली जनताले त भारतको कुटाई पिटाई सबै खाएका थिए अब नेपाली सुरक्षाकर्मी माथी समेत भारतीया प्रहरीले हातपात गरेको छं । बाराको अमृतगन्ज सिमावर्ती नाकामा आज बिहान नेपाल र भारतका सुरक्षाकर्मी बिच झडप भएको छ । सिमावर्ती क्षेत्रमा खटिएका भारतीय सिमा सुरक्षा बल एसएसबीका जवान र प्रहरी चौकी रानीबासका प्रहरी बिच बिहान साढे सात बजे सामान्य हात हालाहाल भएको हो । नेपाली व्यापारीले भारतबाट ल्याएको सामान एसएसबीका जवानले नेपालको डेढ किलो मिटर सिमना भित्र पसेर खोस्न र कुटपिट गर्न खोज्ने क्रममा प्रहरी चौकी रानीवासबाट खटेका प्रहरी हवल्दार सुनिल िसंह र प्रहरी जवान नन्द किशोर दासलाइ भारतीय सुरक्षाकर्मीहरुले कुटेका हुन । नेपाली प्रहरीले सम्झाउन खोज्दा एसएसबीले हात हालेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ । यस अघि केही दिन पहिले रौतहटमा एसएसबीको कुटाइबाट एक नेपालीको ज्यान गएको थियो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्