एनेकपा माओवादीले राष्ट्रपतिको कदम सच्याउनु पर्ने माग गर्दै संसद र सडकमा आन्दोलन गरिरहेको माओवादीले आफ्नो अल्टिमेटम सकिएको भोलिपल्ट घोषणा गरेको कार्यक्रमले खुसी र चिन्ता दुवै ल्याएको छ। खुसी यस कारण कि माओवादीले सोमबार, मंगलबार र बुधबार तीन दिन संसद खोल्न दिने भएको छ। बजेट पास गर्नका लागि उसले चार महिनादेखि ठप्प संसद खोल्न दिएको बताएको हो। तर उसले देश भने बन्द गर्ने कार्यक्रम पनि ल्याएको छ। त्यो पनि एक दिन हो र, तीन तीन दिन। तीन दिन बन्द हुँदा पनि माग पूरा भएन भने अनिश्चितकालका लागि बन्द गर्ने रे। तीन दिन बन्दका लागि पुस ५, ६, ७ गतेका लागि दिन तोकिएको छ। ७ गतेसम्म पनि माग पूरा भएन भने सँधैका लागि बन्द रे। संसद खोल्ने साइत भने जुराउन बाँकी छ । के अचम्मा सुनु परेको यो आन्दोलन के को लागिहोल माओवादीलाई सरकारको प्रधान मन्त्री खान कै लागि जस्तो छ । पहिल चलाऊन नसकेर छोडेको सरकारमा अब फेरी किन जानु पर्ने होला । शायद बहिर बसेर कार्यकर्ता धन्न नसकेर पनि होला । अब के जनतालाई बली को बोको मात्र बनै राख्ने हो कि के हो नेताहरु हो ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्