Thursday, November 19, 2009

ठूलो पर्दामा भक्तराज आचार्य

'भजन शिरोमणी' भनेर नेपाली सांगितिक फाँटमा आफुलाई चिनाउन सफल गायक भक्तराज आचार्यको जिवनमा आधारित भएर चलचित्र बन्ने भएको छ। थुप्रै कालजयी गीतका गायक भक्तराज आचार्यको संघर्षपूर्ण जिवनमा आधारित भएन बन्ने भनिएको चलचित्र 'आचार्य' मा भक्तराज आचार्यको भुमिकामा सत्यराज आचार्य देखिनेछन। सिक्किमको सिल्क रुट पिक्चर्सको ब्यानरमा बन्ने यस फिल्म लाई प्रशान्त रसाईलीले निर्देशन गर्दैछन। गान्तोक, डुर्बस र नेपालका विभिन्न स्थानमा आगामी नोभेम्बरदेखि सुटिङ थालिने सो फिल्ममा आचार्यकै मौलिक संगीत राखिनुका साथै उनको अन्तिम सिर्जना पनि समावेश गरिनेछ र फिल्ममा कान्छा छोरा स्वरुपराज आचार्यको स्वरमा २ वटा गीत रहने छन।
यो कुराको जानकारी हालै एक पत्रकार सम्मेलन गरेर दिईएको थियो। नेपाली गीत संगीतमा अतुलनिय योगदान गरेका भक्तराजको जिवनीमा आधारित यस फिल्ममा भक्तराजकी पत्नी सुशीलाको भूमिकामा अरुणा कार्की देखिनेछिन भने बाँकी कलाकार काठमाडौं र सिक्किममा आडिसन गरी छानिने छ।क्यान्सरको कारण जिब्रो गुमाएका भक्तराज अहिले गाउन असक्षम भए पनी भक्तराजका दुई छोराहरु सत्य र स्वरुप राज आचार्यले नेपाली साँगीतिक आँटमा आफ्नो उचाई स्थापित गरीसकेका छन।
भक्तराज आचार्यको बारेमा अझ धेरै कुराहरु यहाँ पढन सक्नुहुन्छ।
सोर्स : इमज्जा

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्