सुपरमार्केट भन्ने बित्तिकै हामीहरु लाई दैनिक उपभोग्य सामान लगायत अन्य सामानहरु पाईने ठाउँको रुपमा चिन्दछौं तर चिनमा एउटा बिल्कुलै नयाँ खालको सुपरमार्केट खुलेको छ। चिनको बेईजिङ स्थित Xizhimen को Xihuan Plaza मा खोलिएको “love-supermarket” मा भने न त खानाको परिकार नै पाईन्छ न त अरु कुनै दैनिक उपभोग्य सामानहरु नै, त्यहाँ त शहरमा एकल महिला र पुरुषहरुका फोटो र सम्बन्धित जानकारी राखिएको हुन्छ। एक्लै रहेका महिला तथा पुरुषहरु लाई जोडी खोज्न सजिलो पार्नको लागी खोलिएको यो सुपर मार्केटमा लिङग, उमेर, पेशा, तलब आदी छुट्याएर जानकारी र फोटोहरु राखिएको छ। यो सुपर मार्केटकी म्यानेजर Zhang Ying का अनुसार मानिसहरुको जोडी मिलाईदिने यो त्यहाँकै पहिलो स्टोर हो।
"यो यस क्षेत्रकै पहिलो यस्तो खालको सुपरमार्केट हो र यहाँ आएर मज्जाले निस्फिक्री भएर 'सपिङ' गरे हुन्छ। यहाँ हामीले राखेका सबै जानकारी र तस्विरहरु सम्बन्धित मानिसहरु कै चाहना अनुरुप राखिएको हो" उनको भनाई छ। त्यस सुपरमार्केटमा आएका ग्राहकहरु पनी ईटरनेटको भन्दा विश्वाशिलो लागेकोले त्यहाँ आएको बताए।"मलाई यसको बारेमा सुन्दा रमाईलो लाग्यो त्यसैले यहाँ आएकी। मलाई यहाँ आए पछी लाग्यो कि सुपरमार्केटले निकै नै छान्न सजिलो हुने गरी राखेको रहेछ र ईन्टरनेटमा देखिने भन्दा निकै विश्वाशिलो पनी रहेछ। अझ रमाईलो कुरा त तिनीहरुले भेट्न चाहेमा सहयोग पनी गरीदिने रहेछन" त्यहाँ आएकि एक युवती Wei को भनाई थियो। अब लगने होइना त तपाई पनी ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्