वैदेशिक रोजगारमा साउदी अरब पुगेका कम्दीका सतगुरप्रसाद गडरिया तीन वर्षदेखि बेपत्ता छन् । उनको कुनै खबर नपाएपछि परिवार चिन्तामा परेको छ । कम्दी ९ स्थित गडरियनपुरका ३२ वषर्ीय सतगुरको अवस्थाबारे परिवार बेखबर छ । 'अवस्था के कस्तो छ थाहा छैन,' उनकी पत्नी सावित्रीले भनिन्, 'तीन वर्ष भइसक्यो, खोजी गर्न उनले अधिकारकर्मी, सञ्चारकर्मी र प्रहरी प्रशासनसँग सहयोग मागेकी छन् । 'एकपटक फोन सम्पर्क भएको थियो, त्यसपछि कुनै खबर छैन,' उनले भनिन् । भारतीय म्यानपावर एजेन्टमार्फत गैरकानुनी रूपमा मुम्बई हुँदै ०६३ मंसिरमा सतगुर साउदी अरब पुगेका थिए । पत्नीका अनुसार साउदीमा काममा लगाइदिन भारतीय एजेन्ट सन्जुलाई १ लाख २० हजार दिएका थिए huna । उनी नेपालगन्जस्थित कुबेर सोनीको सुनचाँदी पसलमा चार वर्षदेखि काम गरिरहेका थिए । उतैबाट म्यानपावर एजेन्टसँग सम्पर्क भएर साउदी गएका हुन् । फुल्टेक्रा बस्ने सिद्धु गुप्ताले सन्जुसँग सतगुरको सम्पर्क गराएका थिए . कमाउने पति बेपत्ता भएपछि दुई छोरा र तीन छोरीकी आमा सावित्रीको आर्थिक अवस्था दयनीय छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्