Saturday, November 14, 2009

पाल्पालाई यौन अखडा बनाउने २ जोडी रंगेहात पक्राउ

पाल्पालाई यौन अखडाको रुपमा प्रयोग गरिरहेको अवस्थामा प्रहरीले गएराती २ जोडीलाई रंगेहात पक्राउ गरेको छ। तानसेनमा नाम चलेका २ होटलहरू गौरीशंकर गेष्ट हाउस र रानीमहल होटल बसपार्कबाट उनीहरूलाई यौन सम्पर्क राखिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।तानसेनमा यौन व्यापार फस्टाउँदै गरेको समाचार यहाँका सञ्चारमाध्यममा व्यापक रुपले आउन थालेपछि प्रहरी प्रशासनले विशेष निगरानी गर्दै आएको छ।पक्राउ पर्नेहरू २० वर्ष उमेरदेखि २२ वर्ष उमेरका रहेका छन्। उनीहरू पाल्पाका नभएर छिमेकी जिल्ला अर्घाखाची, कपिलवस्तु र पर्वतबाट पाल्पाको हावापानी अन्य जिल्लाको तुलनामा निकै राम्रो भएकाले अनैतिक क्रियाकलाप सञ्चालन गर्नकै लागि पाल्पालाई संगमस्थल बनाएर भेट भई सो कार्य गरेको उनीहरूको भनाई छ।भौगौलिक हिसावले निकै टाढा भएपनि मोवाइल फोनमा पहिले एउटाले मिसकल दिने र अर्कोले फर्काउने भएपछि क्रमश कुराकानी भएपछि पटक पटक यसअघि पनि यही आएर यस्ता क्रियाकलाप सञ्चालन गर्ने गरेको भएपनि यसपटक पक्राउ परेको स्रोतले जनाएको छ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार उनीहरूका आफन्तलाई खवर गरिएको र कारवाहीको प्रक्रिया अगाडि बढाइएको छ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्