Thursday, November 12, 2009

माओवादीको सिंहदरबार घेर्ने कार्यक्रम आज पनि

एकीकृत माओवादीले शुक्रबार लगातार दोस्रो दिन मुख्य प्रशासनिक केन्द्र सिंहदरबार घेराउ गरिरहेको छ। बिहान आठ बजेदेखि आठ नाकाबाट माओवादीले बिहीबार जस्तै घेराउ गरिरहेको छ।हिजो सिंहदरबार जान नसकेका मन्त्रीहरु आज बिहानैदेखि सिंहदरबार पुगेका छन । गृहमन्त्री भीम रावलले सबै सुरक्षा संयन्त्रलाई संयमता अपनाउन भन्दै आवश्यकता अनुसार बल प्रयोग गर्न निर्देशन दिनु भएको छ । उहाँले सिंहदरबार प्रवेशका चारै ढोकाको निरीक्षण गर्नु भयो ।घेराउका लागि माओवादीले बाहिरी जिल्लाबाट ल्याएका कार्यकर्ताहरुले हिजोको रात काठमाडौँका विभिन्न स्थानमा बिताएका थिए। हिजोको धर्नाका क्रममा एक स्थानमा झडप भएका कारण आज त्यस्तो हुन नदिन सुरक्षा सतर्कता बढाइएको छ। स्रोतका अनुसार सिंहदरबार वरपर झन्डै एक हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । यो आन्दोलनले निकास नदिए अर्को आन्दोलन गर्न चेतावानी बताउदै अएका छन माओबादी नेताहरु ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्