Monday, November 9, 2009

माओवादिद्वारा उपत्यकाका नाकाबन्दि

एकिक्रित नेकपा माओवादिले आज उपत्यकाका ३ वटै जिल्लामा नाकाबन्दि गरेको छ । नाकाबन्दिको क्रममा उपत्यका छिर्ने विभिन्न १० वटा नाकाहरुमा माओवादि कार्यकर्ताहरुले विहानैदेखि अवरुद्ध गरेका छन् । माओवादि कार्यकर्ताहरुले काठमाण्डौं प्रवेश गर्ने फर्पिङ,नागढुङ्गा,रामकोट नुवाकोट, सुन्दरिजल र साखुमा सवारीसाधन अवातजावातमा विहानैदेखि पुर्णरुपमा निषेध गरेका छन् । त्यसैगरी ललितपुरको लाकुरीभन्जाङ,भट्टेडाडामा पनि आवातजावात बन्द भएको जनाइएको छ । यता भक्तपुरका सागा र नाला नाका पनि पनि बन्द भएको माओवादि नेता हितमान शाक्यले जानकारी दिनुभयो । राष्ट्रपतिको कदम पछि आन्दोलनमा उत्रिएको माओबादीले नागरीक सर्बोच्चताको माग गर्दै दोस्रो चरणको आन्दोलनमा रहेको छ । माओबादीको आजको नाका बन्दिले राजधानी भित्रको जनजिवनलाई प्रभाव नपारेपनि उपत्यका बाहिर जाने र प्रबेश गर्नेलाई प्रत्यक्ष असर गरेको र्सवसाधारणहरुले गुनासो गरेका छन् । माओवादी कार्यकर्ताले नाका नाकामा बसेर राष्ट्रपति कदम खारेजी र सहमतिको राष्ट्रिय सरकारको माग गर्दै नारावाजी पनि गरिरहेका छन् । नाकाबन्दीका कारण उपत्यकाबाट बाहिरिने र भित्रिने यातायात राकिएका छन् । माआवादीले विज्ञप्ती निकालेर राजधानीभित्र यातायात, कलकारखाना, विद्यालय, सरकारी कार्यालय र बजार क्षेत्रमा उपत्यका नाकाबन्दीको कुनै प्रभाव नपर्ने जनाएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्