धनकुटाबजार्मा नेकपा एमाले निकट युथफोर्सका कार्यकर्ताले एकीकृत नेकपा माओवादी जिल्ला कमिटि धनकुटा र अन्य जनबर्गिय संगठनको कार्यालय मंगलबार विहान तोडफोड र आगजनी गरेका छन् । युथफोर्सका कार्यकर्ताले धनकुटाको हुलाकटोलमा रहेको माओवादीको जिल्ला पार्टी कार्यालय र जनबर्गिर्य संगठनको साइनबोर्ड तथा कागजपत्र बाहिर निकाली जलाई दिएका छन् । गयराति धनकुटाकै सिधुवा बजारमा युथफोर्सका कार्यकर्ता चढेको ९ वटा मोटरसाईकल र एउटा भ्यानमा माओवादी कार्यकर्ताहरुले आगजनी गरेपछि युथफोर्स कार्यकर्ताहरुले विहानैदेखि धनकुटाबजारमा तोडफोड सुरु गरेका हुन् ।
युथफोर्सको आक्रमणबाट माओवादी कार्यकर्ता शेरबहादुर बानिया गम्भीर घाइते समेत भएका छन् । उनीहरुले माओवादी गाउँ कमिटी सचिब ज्ञानेन्द्र कार्कीको घरमा तोडफोड गरेका छन् । अहिले धनकुटाको अबस्था तनाव ग्रस्त छ । स्थानीयबासीले भने शान्तिसुरक्षा माग गर्दै सिधुवा बजारमा प्रदर्शन गरेका छन् । मोटरसाइकल तथा भ्यान तोडफोड र आगजनी गरेको बिरोधमा युथफोर्स धनकुटाले अनिश्चितकालिन धनकुटा बन्दको घोषणा समेत गरेको छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्