Monday, November 30, 2009

गजल
गुलावको फुल चुडि चट्ट तिम्ले हातमा दिनु
धेरै भन्नु छैना मेरो एउटा विन्ति मानी दिनु ।

हिजोका सब आफ्न्तले आज देखि चिन्न छाडे
जून जस्ती तिम्ले चाही आफ्नै जस्तो ठानी दिनु ।

सारा वैभव लुकाएर केहस् छैन जस्तो गर्छौ
मलाई दिने केही लभए लजाउने वानी दिनु ।

समाउने बुटयान छैन भीरवाट खस्न लागे
मेरो माया लाग्छ भने हात समाई तानि दिनु ।

जीवनको अन्त्य सम्म तिम्रै नाम पुकारौंला
मृत्युशैया खोज्दै आए एक अाजुरी पानी दिनु । ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्