Saturday, December 5, 2009

एकीकृत माओवादीको नेपाल बन्द

सरकारी वन अतिक्रम गरेर बसेका कैलालीका सुकुम्बासीलाई सरकारले बल प्रयोग गरेर हटाएको विरोधमा आज माओवादीले नेपाल बन्दको आह्वान गरेको हो । माओवादीको संयुक्त राष्ट्रिय जनआन्दोलन केन्द्रीय समितिको आह्वानमा भएको बन्द सफल बनाउनका लागि माओबादीका नेता तथा कार्यकर्ता मुलुकभरि बिहानैदेखि प्रर्दशनमा उत्रिएका छन् ।माओवादी कार्यकर्ता बिहानै ५ बजेदेखि नै चोक चोकमा उत्रेर सवारी साधान चल्न दिएका छैनन् ।माओवादी कार्यकर्ताले चोकचोकमा बसेर नारावाजी गर्दे सवारी आवागमनमा अवरोध गरीरहेका छन । राजधानीको ठमेलमा सिटीभिटीइको गाडीमा तोडफोड गरेका छन् ।बन्द सफल बनाउनकालागि सडकमा उत्रिएका माओबादीका कार्यकर्ताले बन्दको अबज्ञा गरेको भन्दै बिहानै एक दर्जन बढि सवारि साधनमा तोडफोड गरेको वाईसियलका उपत्यका ईन्चार्ज चन्द्रबहादुर थापा सागरले जानकारी दिनु भयो ।उहाँले राजधानीमा पुर्ण रुपमा सवारि साधन उद्योग धन्दा कलकारखाना मुख्य शहर सबै बन्द रहेको बताउनु भएको छ । महानगरिय ट्राफिक प्रहरीले माओबादीको बन्दका कारण सवारि साधनहरु कुनैपनि नचलेको जनाएको छ । बन्दको असर पोखरामा पनि विहानै देखि परेको कुरा थाहा भएको । बन्दको असर सबै भन्दा वढि सुदुरपश्चिमा अाचलमा परेको कुरा थाहा भएको छ । आज दीउसो ३ बजे रत्नपार्कमा मावोवादीको कोणसभा हुने भएको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्