Monday, January 18, 2010

माओवादीले भारतीय दुतावास र सिंहदरबार घेर्दै

५ माघ, काठमाडौं । नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनताको रक्षार्थ आन्दोलनरत एकीकृत नेकपा माओवादीले मंगलबार भारतीय दूतावास र मुख्य प्रशासनिक निकाय सिंहदरवार घेराउ गर्दैछ । चौथो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत भारतले सीमा मिचेको विवादित नेपाल-भारत सीमा क्षेत्रहरु महाकाली, सुस्ता, पशुपतिनगर, खुर्दलोटन र लक्ष्मणपुर बाँधमा आमसभा गरेको माओवादीले भारतीय हस्तक्षेपविरुद्ध अपरान्ह १ बजेपछि घेराउसहित प्रदर्शन गर्न लागेको माओवादी नेवाः राज्य समितिका सेक्रेटरी नारायण दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार अपरान्ह एक बजेपछि सिंहदरवारको पश्चिमी मूल गेट अगाडिको भद्रकालीमा भेला भएर एक घण्टासम्म नाराबाजी र प्रर्दशन गरिनेछ । त्यस क्रममा सरकारको नागरिक सर्वोच्चता विरोधी चरित्र, भारत परस्त ब्यवहारको भण्डाफोर गर्दै संविधान निर्माण र शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्‍याउन आफ्नो दलको नेतृत्वमा राष्ट्रिय सरकारको गठनका लागि दवाव सृजना गरिने छ । सिंहदरवार अगाडिको एक घण्टे प्रदर्शन पछि जुलुससहित माओवादी नेता तथा कार्यकर्ताहरुले लैनचौरस्थित भारतीय दुतावास अगाडि पुगेर भारतीय हस्तक्षेपविरुद्ध धर्नासहित प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । सेक्रेटरी दाहालका अनुसार भारतीय दुतावास अगाडि कोणसभासमेत गरिने छ । स्मरण रहोस भरे फेरी माओबादी नेताहरु राकेस सुदलाई गल्ती गरेऊ हामीले भनेर भेटना जान बेर छैना

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्