Tuesday, January 19, 2010

भारतीय स्थल सेनाध्यक्ष नेपालमा, माओवादिद्वारा कालो झण्डाले देखाए

भारतीय स्थल सेनाध्यक्ष दिपक कपुर ४ दिने नेपाल भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ । इन्डियन एअर फोर्सको विमानबाट अपरान्ह १२ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका उनलाई नेपाली सेनाका बलाधिकृत रथी तोरणजंगबहादुर सिंहले स्वागत गर्नुभएको थियो ।
नेपालको सेना समायोजनबारे विवादास्पद अभिव्यक्ति दिएका भारतीय स्थल सेनाध्यक्ष कपुरलाई विमानस्थलबाट बहिरिने क्रममा वाईसीयल कार्यकर्ताले कालो झण्डा देखाएका थिए । प्रहरीले कालो झण्डा देखाउने सात जनालाई पक्राउ गरेको छ । कपूरले आजै साँझ जंगी अड्डामा प्रधानसेनापतिछत्रमानसिंह गुरुङसंग शिष्टाचार भेटघाट गर्नुहुने छ । प्रधानसेनापति छत्रमानसिंह गुरुङको औपचारिक निमन्त्रणामा नेपाल आउनु भएका कपुरले विहीबार राष्ट्रपति डा. रामवरण यादवबाट नेपाली सेनाको मानार्थ महारथीको पदवी ग्रहण गर्नुहुनेछ .

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्