Tuesday, January 19, 2010

आज श्रीपंचमी

आज श्रीपञ्चमी, आजको दिन ज्ञानकी देवि सरस्वतिको पुजा-आराधना गरी मनाइदै छ । सरस्वतिलाई समस्त ज्ञान, विज्ञान,विधा, कला र बुद्धिका देवि मानी विभिन्न स्थानमा रहेका सरस्वतिका मन्दिरमा विहानै देखि भक्तजनको भिड लागेको छ । बालबालिकालाई अक्षरारम्भ गराइने सर्बोत्तम दिन मानि आज घरघरमा केटाकेटीलाई पठनपाठन सुरु गराइन्छ । विशेष गरी स्वयम्भुस्थिति मञ्जुश्रीको मन्दिर, लाजिम्पाटको नीलसरस्वती, ललितपुरको लेले गैहि्रधारा सरस्वती कुण्डलगायत देशका विभिन्न स्थानमा विद्यार्थीको उल्लेख्य रुपमा भिड लागेको छ । आजका दिन विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ-आफ्ना कलासाधनाका उपादानहरु कापी-कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्दछन् ।
सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्त ऋतु सुरु हुने भएकोले आजको दिनलाई बसन्त पञ्चमी पनि भन्ने गरिन्छ । कुनै आरम्भ र शुभकार्यका लागि साइत हेर्न नपर्ने पवित्र दिनको रुपमा समेत आजको दिनलाई लिईने गरिन्छ । आज काठमाडौको हनुमानढोका स्थित नासलचोकमा पुरोहितबाट बिधिपुर्वक कथा बाचन गरि वसन्त श्रवण गर्ने प्रचलन रहेको छ । बसन्त श्रवण गर्नका लागि प्रधनामन्त्रि र राष्ट्रपति हनुमानढोका स्थित नासलचोक जाने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्