Tuesday, January 19, 2010

काठमडौमा दादा गिरी बालाकाको ज्यान गयो

हेर्नुस यहाको दादागिरी ठूला मान्छेको कारण साना कलिला बालबालिकाको अनाहकमा ज्याना गायकों छं । गिटी विच्छ्याउने विषयमा दुइ समूहबीच भएको विवादमा गोली चल्दा काठमाडौंको काँडाघारीमा ८ वर्षीय बालकको मृत्यु भएको छ । गोलीलागि गम्भीर घाइते भएका सन्तोष कार्कीको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते बालकको अवस्था गम्भीर रहेको बताइएको छ । दुई वटा मोटरसाइकलमा आएका ५ जनाको समूहले दुई जना बालकलाई मोटरसाइकलमा राखी काँडाघारीमा लगेर गोली प्रहार गरेका थिए। घटनामा संलग्न ५ जना मध्ये २ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ३ जना अझै फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा काभ्रेका पासाङ लामा र भक्तपुरका रामेश्वर श्रेष्ठ रहेका छन् । आखिर कहिले सम्म यस्ता दादा गिरी सही बस्ने हामीले यो सरकार के हेरेर बसेको छं कुन्नि ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्