संबिधान सभा अन्तर्गतको राज्यको पुर्नसंरचना र राज्यशक्तिको बाँडफाड समितिले नेपाललाई १४ वटा संघिय राज्य बनाउन प्रस्ताव गरेको छ । नयाँ संबिधानका लागि समिति तयार पार्ने मस्यौदा प्रतिबेदनमा १४ राज्यको नाम सिमाङकन राजधानी लगायतका बिषय समेटेर पठाईने छ ।
समितिको बुधबार अबेर राति सम्म भएको बैठक र निर्वाचन प्रकृयाले मुलुकमा १४ वटा राज्य बनाउने प्रस्तावलाई पारीत गरेको समितिका सभापति लोकेन्द्र बिष्टमगरले जानकारी दिनु भयो । बिभिन्न जिल्ला गाविस र गाँउलाई मिलाएर ती राज्यहरु निर्माण गरिएका छन् । समितिले मतदानबाट टुङगो लगाएको १४ वटा राज्यका सम्बन्धमा भने काँग्रेस मधेसबादी दल र साना एबं केहि सभासदले बिरोध गरेका छन् । प्रदेशको नाम र राजधानी के के हुने त ?

खप्तड प्रदेश ( राजधानी दीपायल–सिलगढी), लुम्बिनी–अवध–थारूवान प्रदेश ( राजधानीः घोराही), जडान प्रदेश (राजधानीः सिमीकोट), प्रदेश (राजधानीः वीरेन्द्रनगर), मगरात प्रदेश (राजधानीः तानसेन), प्रदेश (राजधानीः पोखरा), नारायणी प्रदेश (राजधानीः भरतपुर), ताम्सालिङ प्रदेश (राजधानीः चौतारा), प्रदेश (राजधानीः काठमाडौँ), मिथिला–भोजपुरा–कोचिला प्रदेश (राजधानीः जनकपुर), सुनकोसी प्रदेश (राजधानीः कमलामाई), किराँत प्रदेश (राजधानीः त्रियुगा), प्रदेश (राजधानीः इलाम) सेर्पा प्रदेश (राजधानीः सोलु)समितिमा एउटै नक्सासहितको प्रस्ताव संविधानसभामा लाने कि दुईवटै लाने भन्ने विषयमा पनि मतदान भएको थियो। एउटै नक्सा पक्षमा २३ र दुईवटा लानुपर्छ भन्नेमा १५ मत परेको थियो। सो दुईवटै प्रस्तावमा समर्थन छैन भन्नेमा दुईमत परेको थियो भने सो प्रक्रियामा असहमति जनाउँदै नेकपा (एमाले) का सभासद् शङ्कर पोखरेलले ‘नो भोट’ मा मत दिएका थिए। त्यसैगरी प्रदेशमा जुन जातिको बाहुल्य छ, ती जातिलाई सरकार निर्माण र निर्वाचनमा दुई कार्यकाल प्राथमिकता दिनुपर्छ भन्ने राजनीतिक अग्राधिकारसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्