१९ माघ, इटहरी । एकीकृत नेकपा माओवादी कोचिला राज्य समितिका सेक्रेटरीसहित ११ जना कार्यकर्ताहरुलाई सुनसरी प्रहरीले आज विहान पक्राउ गरेको छ । कोचिला राज्य समिति सेक्रेटरी मोहन तिमल्सीना, इटहरी नगर इन्चार्ज नविन सुब्बा, सेक्रेटरी उपेन्द्र घिमिरेलगायत कार्यकर्ता इटहरी बजारबाट पक्राउ परेका हुन् । संखुवासभाका व्यापारी पासाङ शेर्पालाई अपहरण गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । एकीकृत नेकपा माओवादी कोचिला राज्यसमितिले भने झुठ्ठा आरोपमा आफ्ना कार्यकर्ता पक्राउ गरिएको भन्दै विनासर्त रिहाईको माग गरेको छ । अपहरणको घटनामा आफ्नो संलग्नता नरहेको पनि माओवादीले स्पष्ट पारेको छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्