Tuesday, February 2, 2010

'टाईटानिक'को रेकर्ड 'अवतार'ले तोड्यो

जेम्स क्यामरुनको फिल्म अवतार सबैभन्दा बढी पैसा कमाउने फिल्म बनेको छ। फिल्म वितरक कम्पनी सेंचुरी फ़क्सले जारी गरेको रेकर्ड अनुसार यो फिल्मले टाईटानिकले गरेको कमाई लाई पनी पछाडी पारेको छ। वितरक कम्पनीका अनुसार यसले ६ हप्ताको छोटो समयमा नै १ अरब ८५ करोड डलर कमाई गरेको छ जबकी टाईटानिकले यति नै समयमा १ करोद ८४ करोड डलर कमाई गरेको थियो। तर त्यस बेला अहिले भन्दा टिकटको मूल्य भने धेरै नै सस्तो थियो।
रमाईलो कुरा त के छ भने यि दुवै फिल्म जेम्स क्यामरुनले नै निर्देशन गरेका फिल्म हुन। सन् १९९७ को फिल्म टाईटानिक त्यति बेलाको सबैभन्दा बढी कमाउने फिल्म बनेको थियो र त्यसै फिल्म बाट क्यामरुनले सर्वोत्कृष्ट निर्देशकको ओस्कार अवार्ड समेत हात पारेका थिए। लगभग १२ वर्ष पछी आएको क्यामरुनकै यस फिल्मले पनी निकै राम्रो कमाई गरीरहेको छ। गत हप्ता मात्र दिईएको गोल्डेन ग्लोब अवार्डमा पनी अवतारले २ वटा अवार्ड हात पारेको थियो।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्