Sunday, February 7, 2010

जमिम शाहको दिनदहाडै गोली हानी हत्या अंतरास्ट्रीय को हात हुनासक्ने


स्पेसटाइम नेटवर्क एवं च्यानल नेपालका अध्यक्ष जमिम शाहको आइतबार दिनदहाडै राजधानीको ब्यस्त सडक लाजिम्पाटमा अज्ञात समूहले गोली हानी हत्या गरेको छ । दरवारमार्गको याक एण्ड यति होटलबाट नुहाएर पानीपोखरीस्थित घर र्फकदैँ गरेका शाहलाई लाजिम्पाटको फ्रान्सेली दूतावासअघि गोली हानिएको थियो । बा १५ प ८७३३ नम्बरको विपरीत दिशाबाट मोटर साइकलमा आएका दुईजनाको अज्ञातहतियारधारी समूहले अपरान्ह तीन बजेतिर उनलाई नजिकैबाट गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
शाहको गर्धन र छातीमा तथा चालक मथुरामान मालाकारको तिघ्रामा गोली लागेको थियो । घटना गोली लागी घाइते भएका ४७ बर्षिय शाहको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । चालक मानन्धरको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनको शवको आइतबार साँझ पोस्टमार्टम गरिएको छ । मृतक शाहकी पत्नी र छोरा मुलुक बाहिर रहेको परिवार स्रोतले जानकारी दिएको छ । घटना सम्बन्धमा प्रहरीले विशेष टोली गठन गरेर अनुसन्धान अगाडि बढाएको छ । गोली प्रहारमा प्रयोग गरिएको मोटर साइकलको नम्बरको पहिचान भइसकेकाले हत्यामा संलग्न समूह छिट्टै पक्राउ पर्ने प्रहरी बताएको छ । घटनाका प्रत्यक्षदर्शी चालक मालाकार स्वयं रहेकाले अनुसन्धानमा थप बल पुग्ने र अपराधीलाई पक्राउ गर्न मद्दत पुग्ने प्रहरीको विश्वास रहको छ । गोली हानिएलगत्तै काठमाण्डौँमा चेकजाँचलाई तिब्र बनाई हत्याराको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ । यद्यपी कसैलाई गिरफ्तार गरिएको छैन् ।
शाहले नेपालमै पहिलोपटक निजी क्षेत्रको टेलिभिजन च्यानल नेपालको स्थापना गरेका थिए । केबुल टेलिभिजनको ब्यबसायमा पनि शाह अग्रणी मानिन्छन् । कुनै समय स्पेशटाइम नामक दैनिक र अग्रेजी ब्रोडसिट अखबार चलाएका शाहको मिडिया ब्यबसाय भने पछिल्ला दिनमा खस्किदो थियो । स्रोतको अनुसार उनलाई अंतराश्त्रिय अपराधिक समुहको हात हुन सकने कुरा प्रहरीले जानाकारी दिएको छं । आज सम्म कोसैलाई समातेको भने छैना ।

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्