जमीम शाहको हत्यापछि भारतीय र केही हदसम्म नेपाली मिडियामा प्रकाशित समाचार तथा जानकारीहरूले जमीम शाह मारिनुका पछाडि आपराधिक समूहको हात भएको र जमीम पनि “आपराधिक समूह”सँग सम्बन्धित रहेकोले मारिएको र मारिनु “केही हदसम्म जायज” पनि भएको कुरालाई अप्रत्यक्ष रूपमा पुष्टि गर्न खोजेका छन्। खासगरी भारतीय समाचार माध्यमहरूले जसरी समाचार तथा जानकारीहरू दिइरहेका छन् त्यसलाई हेर्ने हो भने उनीहरूले कुनै दिन भारतको हितमा काम गरेकाले छोटा राजन समूहलाई सत्ताको बागडोर सम्हाल्न दिनु पर्छ भनेर सम्पादकीय लेख्न पनि बेर लगाउँदैनन्।
भारतीय मिडियाहरूले भारती विरोधी कार्य गरेका कारण जमीम मारिनुलाई जसरी सही ठहर्याइरहेका छन् त्यसले श्रीलंका विरोधी वा तमिल विरोधी कार्य गरेको आरोपमा राजीव गान्धीलाई मार्ने लिट्टेको कामलाई पनि जायज ठहर्याइरहेको छ।
जमीमको सम्बन्ध यदि दाउद वा आपराधिक गिरोहसँग थियो भने जमीमलाई पक्रने वा मार्ने अधिकार नेपाली प्रहरीसँग मात्र हुनु पर्थ्यो तर त्यो अधिकार कुनै आपराधिक समूहलाई दिइएको छ र त्यसलाई समर्थन गरिएको छ। यसको अर्थ भारतको कुनै मान्छेलाई नेपाल विरोधी गतिविधि गर्यो भनेर भारतमा मार्दा नेपालीहरूले खुशी मनाउनु पर्ने भयो वा पाकिस्तान विरोधी कार्य गरेको भनेर कुनै आतंककारीहरूले भारतीय नेताको हत्या गर्यो भने पनि त्यो जायज नै मान्नु पर्ने भयो।
भारत विरोधी गतिविधि गरेका कारण जमीमको हत्या भएको भन्नेर राजन समूहको बयान, जमीममाथि आइ. एस. आइ.को एजेन्ट तथा दाउद इब्राहिमसँगको सम्बन्ध रहेको आरोप, छोटा राजन भारतीय सरकारी नियन्त्रणमा हुनु, भारतीय मिडियाले जमीम, मिर्जा र खासगरी मुसलमानहरूलाई आइ.एस. आई.को एजेन्ट तथा भारत विरोधीका रूपमा चित्रण गर्नु केवल संयोग मात्र हुन् वा वास्तविकतासँग नजिक छन् त्यो भोलिका दिनमा खुल्दै जालान्।
कसले कुन देशको विरूद्ध के गतिविधि गरिरहेको छ र के कारवाही गर्नु पर्छ भनेर अब सरकार होइन आतंकवादी सरगनाहरूले निर्क्योल निकाल्न पाउने भए र मान्छेहरू मार्न पाउने भए। भोलिका दिनमा नेपाली मिडियामा भारत वा चीनका गलत नीतिहरूका विरूद्धमा लेखिए भने भारत वा चीनका आपराधिक समूहले आफ्नो देशको विरूद्ध लेखेको वा गतिविधि गरेको भनेर नेपाली मिडियामा लेख्नेहरूलाई नेपालभित्र छिरेर मार्न पाउने भए। यस्तै काम नेपाल विरोध गर्नेहरूका लागि पनि सम्भव भयो।
भारतीय सरकारको नियन्त्रणमा रहेको कुनै आपराधिक गिरोहले भारत विरोधी काम गर्यो वा भारतीय नक्कली मुद्रा चलायो भनेर अर्को देशको नागरिकलाई उसको देशमा गएर मार्न सक्छ र त्यसका विषयमा भारतीय पक्ष मौन रहन्छ अनि मिडियाले सो कामको समर्थन गर्छ भने त्यसको अर्थ सरकार र आपराधिक समूहको मिलेमतोमा नै भारतको विपक्षमा काम गर्ने वा भारतको अनुकुल नचल्नेहरूको हत्या भएको हो भन्नलाई गाह्रो नपर्ला। के अब भारतले आफु बिरुद लेखले र बोलने सबैको मुख ठुन्ना अपराधिक गिरोहाको साथ लिनू पर्ने भएको हो त ? अपराधिलाई उपयोग गर्न देशलाई कसरी अपराधी नियंत्रण गर्न सहयोग गर्छा भनेर बिस्वस्ता हुन सकिन्छ ।

No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्