Tuesday, February 9, 2010

श्रीमानलाई यातना दिने १०१ तरिका

यतिबेला एउटा पुस्तकको विशेष चर्चा भइरहेको छ। त्यो पनि विशेषगरी महिलाहरुका बीच ।अमेरिकाको न्युयोर्क रेडियो ब्रोडकास्टर मारिया गारशिया कल्वको पुस्तक ‘१०१ वेज टु टर्चर योर हज्बेन्ड’ नामक पुस्तकमा उनले महिलाहरुलाई यस्तो १०१ तरिका बताएकी छन् जसबाट आफ्नो श्रीमानलाई काबुमा राख्न सकिन्छ ।उनको पुस्तकमा आफ्नो श्रीमानलाई काबुमा राख्न यातना दिएर दयांको भिख मगाउन बाध्य पार्ने उपायहरुसमेत छन्।पुस्तकमा निकै सानो सानो कुरा छन् जसको प्रयोगले बाध्यता सिर्जना गर्नेछ। पुस्तकबाट लिएको केही सल्लाह यस्ता छन्- श्रीमानलाई डान्स क्लासमा भर्ना गरिदिदा हुन्छ, श्रीमानलाई भिडभाडयुक्त नारकीय सुपरमार्केटमा सपिङ्गमा पठाइयोस्, श्रीमानलाई स्कुल ट्रीपमा भलेन्टियर तरिकाले पठाइयोस, श्रीमानलाई लात हानेर ओछ्यानबाट तल खसालेर रातभर ओछ्यानमा एक्लै आरोपसंग सुतौं, श्रीमानलाई यातना दिने १०१ उपायका यी केही संक्षिप्त रुपमा मात्र हो । एजेन्सी

No comments:

Post a Comment

आफ्नो प्रतिक्रिया दिनुहोस्