छत्तीस वर्षदेखि पत्रकारिता विषय पढाउँदै आएको रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गको 'टियु एफएम' ले बुधबारदेखि परीक्षण प्रसारण सुरु गरेको छ । विद्यार्थी र प्राज्ञिकलाई मात्रै लक्षित सय वाट क्षमताको रेडियोमा राष्ट्रियगान प्रसारण गरी प्रसारण सुरु गरिएको थियो । स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष राजकुमार राईका अनुसार क्याम्पस परिसरमा स्थापना गरिएको रेडियो केही समयका लागि बिहान ७ देखि ९ बजेसम्म प्रसारण हुने छ । रेडियो स्टेसनसहित क्याम्पसले निर्माणका लागि १ करोड १० लाख छुट्याएको छ ।यसमा प्रमाणपत्रदेखि स्नातकोत्तरसम्म करिब १२ हजार विद्यार्थीबाट ५० रुपैयाँका दरले संकलन गरिएको १५ लाख रुपैयाँ पनि छ । सात वर्षदेखि सञ्चालन प्रक्रियामा रहेको यो स्टेसन १ सय ७ मेघाहर्जमा उपत्यकाभित्र मात्र सुनिन्छ ।
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्