फागुन, काठमाडौं । संवैधानिक राजतन्त्र , संघियता र धर्मनिरपेक्ष राज्य बारे जनमत संग्रह गर्नुपर्ने लगायत माग राख्दै सोमबार काठमाडौं उपत्यका बन्द गराएको राप्रपा नेपालले आफ्ना पाँच सय नेता-कार्यकर्ता पक्राउ परेको दावी गरेको छ । प्रहरीले भने तीन सय कार्यकर्ता पक्राउ गरेको जनाएको छ ।
राप्रपा नेपालका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पार्टी महामन्त्री टङ्क ढकालसहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको बताउनुभयो । ढकाल शाहीकालका सूचना तथ सन्चारमन्त्रीसमेत हुनुहुन्छ । श्रेष्ठका अनुसार सहमहामन्त्री प्रल्हाद साह, केन्द्रीय सदस्यहरु केदार कोइराला, तारा लुइटेल, श्याम घिमिरे, रेशम लामालगायत पक्राउ परेका छन् ।
‘घरमा सुतिरहेकालाई पनि प्रहरीले पक्राउ गरेको छ,’प्रचार विभाग प्रमुख श्रेष्ठले भन्नुभयो, ‘शान्तिपूर्ण आन्दोलनमा पनि सरकार कडारुपमा प्रस्तुत भएको छ ।’ श्रेष्ठका अनुसार कलङ्कीमा सुतिरहेका स्याङ्जाका जयनारायण श्रेष्ठलगायतका कार्यकर्तालाई प्रहरीले विहानै पक्राउ गरेको छ । उहाँले मङ्गलबार सिहदरबार घेराउको कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । बन्दको अबज्ञा गरेको भन्दै राप्रपा नेपालका कार्यकर्ताहरुले कलङ्की, चाबहील, बल्खु, गौशाला, कोटेश्वरलगायत स्थानमा केही गाडीहरुमा तोडफोड गरेका छन् । ट्राफिक प्रहरीका अनुसार आन्दोलनकारीले ललितपुरको सातदोबाटोमा पनि गाडीमा तोडफोड गरेका छन् । जनआन्दोलन २ मा तत्कालीन राजा ज्ञानेन्द्रका मुख्य सहयोगीको भुमिका निर्बाह गरेका कमल थापाको दल राप्रपा नेपालले पहिलोपटक बन्द आह्वान गरेको हो । राप्रपा नेपाल संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले १४ जेठमै संविधान जारी गर्न तथा महंगीविरुद्ध पनि बन्द गरिएको बताउनुभयो ।
बन्दका कारण काठमाडौं उपत्यका सुनसान छ । यातायातका साधन चलेका छैनन् भने मुख्य-मुख्य बजार पनि बन्द छन् । राप्रपा कार्यकर्ताहरु राजधानीका विभिन्न चोक-चोकमा बन्द सफल पार्न विहानैदेखि प्रदर्शनमा उत्रिएका छन् ।
बन्द सफल पार्न राप्रपा नेपालले विभिन्न जिल्लाबाट कार्यकर्ता राजधानी भित्राएको छ । बन्दको पूर्वसन्ध्यामा उसले काठमाडौं उपत्यकामा आइतबार साँझ मसाल जुलुस निकालेको थियो ।

साभार आनलाइन खबर
No comments:
Post a Comment
आफ्नो प्रतिक्रिया दिनुहोस्